बाबु-छोरीको नाता नक्कली प्रमाणित भएपछि जापानमा दुई नेपाली पक्राउ

विशेष प्रतिनिधि, जापान नक्कली कागजात पेश गरी जापानको भिसा लिएको अभियोगमा दुई जना नेपाली पक्राउ परेका छन् । जापानी सञ्चारमाध्यमहरुले जनाएअनुसार यसरी पक्राउ पर्नेमा नक्कली बाउ-छोरी बनेका पुरुष र महिला रहेका छन् । बताइएअनुसार पक्राउ पर्नेमा दीपेन्द्र सहनी (नक्कली बाउ) र सृजना बोहोरा (नक्कली छोरी) रहेका छन् । इबाराकी केनको हिताची सहरस्थित हिगासी तागामाचीमा रेस्टोरेन्ट…