मेलमिलापको नीति नछाड्न नेजस पोर्चुगलको आग्रह

नेपाली जनसम्पर्क समिति पोर्चुगलले कोजाग्रत पूर्णिमाको अवसर पारेर लिस्बोनमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई समितिका कार्यबाहक अध्यक्ष अगमसिंह तामाङ सहितका पदाधिकारीहरुले स्वागत गरेका थिए । कार्यक्रममा जनसम्पर्क समितिमा आवद्ध कांग्रेसका नेता, शुभेच्छुक, व्यवसायी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । दशैं, तिहार, नेपाल सम्वत लगायत चाडको उपलक्ष्यमा…