घटना र विचार प्रतिनिधि, टोकियो (जापान) जापानको सुदूरउत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा युबारी जातको एउटै खरबुजा १५ लाख येनमा बिक्री भएको छ । यस वर्षको पहिलो लिलामीमा दुई ओटा खरबुजा ३० लाख येनमा बिकेको हो । बोलकबोलमा युबारीस्थित फलफूल र तरकारी विक्रेता तथा प्याक गर्ने कम्पनी होकुयुप्याकले बोलेको मूल्यलाई विजेता घोषणा गरिएको थियो । यस वर्षको…