गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय ९औँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीब्र पारिएको छ । एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिबारदेखि सुरु गरिएको छ । अगष्ट २६ देखि २८ सम्म मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुने उक्त सम्मेलनको मुख्य नारा मिलाप, टुगेदर वी स्ट्याण्ड राखिएको…