कमल पराजुली, बेनिड्रोम (स्पेन) स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केही दिनयता कोरोना सङ्क्रमण बढेको छ । यसअघि केही नेपालीमा मात्र देखिएको संक्रमण स्पेनमा कोरोनोको तेस्रो लहर सुरु भएपछि यहाँका धेरै नेपाली कोरोनाबाट प्रभावित भएका छन् । कोस्टाब्लान्काको बेनिड्रोम, आल्बिर, आल्तेया, डेनियालगायत स्थानमा बस्ने नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो । बेनिड्रोम क्षेत्रमा अहिले करिव १०…