मीना घोरसाइने नेपाली समाजमा अहिले भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको छ । भ्रष्टाचार उन्मूलनका लागि विभिन्न क्षेत्रले आवाज उठाउँदै आएको छ । अहिलेसम्म यस विषयलाई चलचित्रमा भने समेट्न सकिएको थिएन । आगामी माघ १८ गतेदेखि प्रदर्शनीमा आउन लागेको चलचित्र ‘सयकडा दश’ले देशमा मौलाउँदै गएको भ्रष्टाचारको उन्मूलनका लागि ‘भ्रष्टाचारविरुद्ध प्रेम’ भन्ने अवधारणाका साथ भ्रष्टाचारको विषयलाई समेट्न खोजेको…