विश्वविख्यात तबला–संगीतज्ञ पद्मभूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम भारतीय दूतावास काठमाडौंले आज मंगलबार (२०७५ मङ्सिर ११ गते) लैनचौरस्थित दूतावास परिसरमा आयोजना गरेको छ । सो कार्यक्रम सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज तथा रेडिसन होटेलसँगको सहकार्यमा भएको हो । राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थीलगायत विभिन्न पेशाका हजारभन्दा बढी व्यक्तिले सो कार्यक्रको आनन्द लिएका…