आरतीलाई ‘मिस टुरिज्म २०१७’ को ताज

यस वर्षको ‘मिस टुरिज्म’ को ताज आरती थापाले जितेकी छन् । राजधानीमा आज शुक्रबार सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै पोखरामा जन्मिएर मलेखु धादिङमा हुर्किएकी २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर अपमा काठमाडौँकै एन्जी लामा विजयी भएका छन्।…