राजन घिमिरे काठमाडौंमा सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता ध्रुव दत्त उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भएका छन् । ध्रुव दत्तले बेलायतमा निर्मित सर्ट फिल्म 'सहारा'बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । बेलायतमा रहेर कलाकारितामा सक्रिय अभिनेता ध्रुव दत्तले तीन घुम्ती, आवेग, वीरताको चिनो लगायतका दर्जन बढी ठूलो पर्दाका फिल्ममा अभिनय गरिसकेका छन्…