मानिसको मस्तिष्कमा रगत सञ्चालनमा अवरोध आएको अवस्थालाई मस्तिष्कघात भनिन्छ । यो विभिन्न कारणले हुन्छ । मस्तिष्कमा रगत सञ्चालन गर्ने रक्तनलीभित्र रगत जमेर रगत सञ्चालनमा अवरोध आएमा यसलाई इस्केमिक बे्रन स्ट्रोक भनिन्छ भने रक्तनली नै फुटेमा हुने मस्तिष्कघातलाई हेमोरेजिक बे्रन स्ट्रोक भनिन्छ । कहिलेकाहीँ मस्तिष्कमा छोटो समयका लागि मात्र रगत सञ्चालनमा अवरोध आउने हुन सक्छ जसको…