नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइराला पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तरखरमा हुनुहुन्छ । पार्टीभित्र अत्यन्त त्यागी, सङ्घर्षशील र इमानदार नेताका रूपमा चिनिनुहुने कोइराला माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प देख्नुहुन्न । कहिल्यै पनि पदको आकाङ्क्षा नराख्ने नेता कोइरालासँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी : ० अब जेठ १४ गते संविधान जारी…