कविता-तिम्रो आगमन

-चन्द्र गुरुङ, हृदयको सिउँदोभरि फैलिएको छ उमङ्ग सिँदुरी खुशीको । फेरि नाच्न थालेका छन् सुनसान नाडीहरूमा खनखनाउँदो रौनक । मधुर गीत गुञ्जयमान छ मुटुमा छ धडकन बढेको छातीभित्र । एक साँझ- अलिकति थकान अलिकति मरण र अलिकति प्राण बोकेर तिमी आइपुगेका छौ (उनको) आँगालोमा जसरी आइपुग्छ “रणमा मारियो रे !” भनिएको सिपाही । ती (नानीहरूका)…