जापानमा संकटकाल घोषणाको पहिलो दिनमै सङ्क्रमितको संख्यामा वृद्धि

जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म देशभरी ३०९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै जापानमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल संख्या चार हजार ७६८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १०९ पुगेको…