चीनले संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्तका साथै चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न आग्रह गरेको छ । केही अमेरिकी सांसदहरूको ताइवान भ्रमणले एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको गम्भीर उल्लङ्घन गरेको भन्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार यस्तो आग्रह गरेका…