भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतीय सरकारी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारीअनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए । शुक्रबारको तुलनामा शनिबारको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या घटेको देखिएको छ । यसअघि दैनिक…