झडपमा ६ सुरक्षा अधिकारीसहित ४१ को मृत्यु

अफगानिस्तानको मध्यभागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी ६ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकुको मृत्यु भएको प्रान्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताएका छन् । तालिबान लडाकु समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिए । सोमबार रातिबाट शुरु भएको यो झडप मंगलबार बिहानसम्म जारी रहेको थियो…