एपी/रासस भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार (१५ अगस्त) बताउनुभएको छ । सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १.४६ ट्रिलियन अमेरिकी डलरको घोषणा गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, 'भारतले महामारीबाट…