ब्राजिलमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या करिव ३३ लाख ६० हजार

कोरोना भाइरसबाट विश्वमै ज्यादा प्रताडितमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या मंगलबार (१८ अगस्ट) ३३ लाख ५९ हजार ५७० पुगेको छ । ब्राजिलमा विगत महिनाहरूको तुलनामा दैनिक कोभिड–१९ सङ्क्रमित तथा मृतकको सङ्ख्यामा कमी आएको भए पनि अझै नियन्त्रणमा आउन नसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार २३ हजार रहेकोमा…