विश्वका चार लाख ४० हजारमा कोरोना सङ्क्रमण पुष्टि

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार साँझ (२५ मार्च) सम्ममा १९ हजार ७४८ पुगेको छ । सङ्क्रमणको प्रभाव सुरूमा चीनमा नराम्रो परेको देखिएको भएपनि पछिल्ला दिनमा यसको प्रभाव यूरोप र अमेरिकामा देखिएको छ ।…