ट्रम्पले भने- ‘भारत र अमेरिकी नेतृत्व इन्डो-प्यासिफिक रणनीतिमा साझेदार’

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहमदावादको कार्यक्रम र आग्रास्थित ताजमहलको अवलोकनपछि सोमबार (२४ फेब्रुअरी) साँझ नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीमा उनलाई संघीय मन्त्री हरदीप सिंह पूरीले दिल्लीस्थित विमानस्थलमा उनको स्वागत गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया, छोरी इभान्का र ज्वाईँ जारेद कुश्नरसहितको अमेरिकी प्रतिनिधिमण्डल सोमबार दिल्लीस्थित सुविधासम्पन्न आइटीसी…