ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच ‘सौहार्द्रपूर्ण वार्ता’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै ‘सौहाद्र्रपूर्ण’ वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरू रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो । ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले नै सबैभन्दा पहिलो समाचार सार्वजनिक गरेको थियो…