बालगृहमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्यु भएको छ । हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले जानकारी दिएका सिन्ह्वाले जनाएको छ । बताइएअनुसार मृत्यु भएका मध्ये दुई जना पूर्ण रुपमा जलेका छन् । त्यस बाहेक अरु १३ जना भने घर भित्रै थुनिएर श्वासप्रश्वास अवरुद्ध भई मृत्यु भएको…