यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ । मृतकमध्ये ४० जना बालबालिका रहेका अन्तराष्ट्रिय रेडक्रस समितिले मङ्गलबार जनाएको छ । उक्त हवाई आक्रमणमा ७९ जना घाइते भएका थिए । यमनमा हुथी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनले यहाँको…