अर्जेन्टिनी सिनेटद्वारा गर्भपतनको विपक्षमा मतदान

अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । यो असफलतासँगै अर्जेन्टिनाका महिलाअधिकारवादी भने निराश भएको बताइएको छ । गत जुनमा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो । उक्त विधेयक पारित हुँदा खुसी बनेका यहाँका महिला…