हजको कुम्भमेला शुरु, मक्कामा बीस लाख हजयात्री भेला

विश्वभरका बीस लाखभन्दा बढी मुस्लिम हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रूपमा लिइने हजयात्रा आइतबार (आज) देखि शुरु भएको हो । मुस्लिम धर्मावलम्बीको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा ६ दिनसम्म गर्ने परम्परा छ । ‘हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्मावलम्बीको सपना…