थाइल्यान्ड र कम्बोडियाको जङ्गलले घेरिएको सीमानामा पाँच दिनको लडाइँपछि युद्धविराम खोज्दै दुवै मुलुकका नेताहरूले सोमबार (२८ जुलाई) मलेसियामा शान्ति वार्ता सुरु गरेका छन् । थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले प्रशासनिक राजधानी पुत्रजयामा दिउँसो ३ः१५ बजे (०७१५ जिएमटी) वार्ता सुरु गरेका हुन् । पाँच दिनको लडाइँमा दुवै पक्षका कम्तीमा ३५ जना…