पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको निधन

पाकिस्तानका पूर्वसैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । उनी ७९ वर्षका थिए । पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अर्ब इमिरेट्स (युएई)को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चारशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “अल्लाहले दिवंगत आत्मालाई आशीर्वाद दिऊन्…