यमनको समुद्री किनारमा डुंगा डुब्दा २० भन्दा बढी आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

यमनको दक्षिणी अब्यान प्रान्तको तटनजिक अफ्रिकी आप्रवासी बोकेको एक अवैध डुंगा डुब्दा कम्तीमा २० जनाको ज्यान गएको छ भने दर्जनौं अझै बेपत्ता छन्। गत शनिबार राति करिब ११ बजे (स्थानीय समयअनुसार) तीव्र हावाहुरीका कारण करिब १५० आप्रवासी बोकेको डुंगा पल्टिएको स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । शुक्रा र जिन्जिबार शहरका तटहरूमा उद्धार…