सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल-असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ । आइतबार (८ डिसेम्बर) विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन् । एएफपीले जनाएअनुसार यस हप्ता विद्रोहीहरूको सफलताको मुख्य कारकतत्व शासनको कमजोरी र असदलाई अन्तर्राष्ट्रिय सहयोग घट्नु रहेको सेन्चुरी इन्टरनेसनल थिङ्क ट्याङ्कका फेलो एरोन लुन्डले बताएका छन्…