जापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

सोमबार राति (१३ जनवरी) जापानको दक्षिण-पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटरसम्मको सुनामी छाल आउनसक्ने बताएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले आफ्नो प्रारम्भिक अनुमान ६.९…