पूर्वराष्ट्रपति राजापाक्षेलाई सिंगापुरले दिएन शरण, दियो १४ दिने भ्रमण पास

सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको छ । जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको सिंगापुरका अध्यागमन अधिकारीहरूले जनाएका छन् । ७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै सरकारविरुद्ध जनआन्दोलन चर्किएपछि उनले…