‘आरम्भदेखि नै युद्धमा भिडे पनि प्रचण्डलाई शान्ति-सम्झौतापछि मात्र देखेकी हुँ’

पुष्पा घर्ती बिष्ट (माओवादी नेतृ) जाजरकोट डाँडागाउँमा जन्मिएर युवावस्थादेखि नै राजनीतिक क्रियाकलापमा संलग्न पुष्पा घर्ती बिष्ट नेकपा (माओवादी केन्द्र) को केन्द्रीय नेतृ हुन् । तत्कालिन अवस्थामा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा आरम्भदेखि नै होमिएर जनमुक्ति सेनाको बटालियन कमिसारको जिम्मेवारीसमेत सम्हालेकी पुष्पा एक जुझारु व्यक्तित्वका रूपमा पार्टीपङ्क्तिमा परिचित छिन् । युद्धको अन्त्य तथा शान्तिसम्झौता हुँदै संविधानसभाबाट संविधान…