धर्मराज रेग्मी दैलेख क्षेत्र नं. १ बाट निर्वाचित कर्णाली प्रदेश सभाका सांसद हुनुहुन्छ । पेसाले अधिवक्ता सांसद रेग्मी चुनाव लड्नुअघि काठमाडौंमा वकालतसँगै नेपाल ल क्याम्पसमा अध्यापन गर्नुहुन्थ्यो । अनेरास्ववियु छैटौँबाट राजनीतिक यात्रा शुरु गर्नुभएका उहाँ विघटित नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । प्रस्तुत छ, सांसद रेग्मीसँग बबिता बस्नेतले गर्नुभएको कुराकानी । ० तपाईंको नाम धर्मराज,…