डडेल्धुराका काङ्ग्रेस सभापति भन्छन् : प्रधानमन्त्रीज्यूका मान्छेले भट्टीबाट टिकट बाँडे

काङ्ग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काङ्ग्रेस पराजयको कारण स्वयम् देउवाको कार्यशैली र व्यवहार भएको निष्कर्ष उक्त जिल्लाका काङ्ग्रेस सभापति कर्ण मल्लले निकाल्नुभएको छ । निर्वाचन परिणाम आइसकेपछि राजधानी आइपुग्नुभएका सभापति मल्लसँग गत सोमबार अपराह्न घटना र विचारले डडेल्धुरा र प्रधानमन्त्री देउवामा केन्द्रित रहेर कुराकानी गर्दा उहाँले भन्नुभयो, ‘मैले दिएको सुझाव र सिफारिसअनुसार केन्द्रीय सभापतिज्यूले…