‘ज्युँदो शहीद’ रामभरत साह भन्छन्- ‘अबको लडाइँ सुकिला-मुकिलाविरुद्ध’

प्रजातन्त्र पुनर्स्थापनालगत्तै कुनै बेला यस्तो पनि थियो, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एक भेट पाउन विजय गच्छदार, जेपी आनन्दजस्ता नेताहरू बालुवाटारका सेक्युरिटी गार्डहरूसँग खुसामद गरिरहेका हुन्थे भने रामभरत साह कसैसँग सोधपुछ नगरी सरासर कोइरालाको बेडरुममै पुग्ने हैसियत राख्दथे । आन्दोलनका क्रममा प्रदर्शन गरेको जुझारू भूमिकाका कारण रामभरतको यस्तो हैसियत बनेको थियो । तर, विजय गच्छदारहरू अढाइ…