हिमालपारीको जिल्ला मनाङको विकट गाउँपालिका नारफू-१ मा २०२९ साल जेठ ३ गते जन्मिएका मिङमा छिरिङ लामा गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा निर्विरोध घोषित भएका हुन् । ८ वर्षको उमेरदेखि फू गाउँमा रहेको टासी लाकाङ गुम्बाबाट लामा शिक्षा लिएका उनी १४ वर्षको उमेरसम्म त्यही गुम्वाका शिष्य भएर शिक्षा आर्जन गरेर थप…