नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन आइपुग्न १५ दिन बाँकी रहँदा कार्यवाहक सभापति सुशील कोइराला अत्यन्त व्यस्त हुनुहुन्छ । बिहानदेखि रातिसम्म मेचीदेखि महाकालीसम्मका कार्यकर्तासँग भेट गरिहनुभएको छ । महाधिवेशनमा सभापतिको उम्मेदवारसमेत रहनुभएका कोइराला आफ्नो जितमा निश्चिन्त हुनुहुन्छ । त्यागी र सङ्घर्षशील नेता कोइरालासँग पार्टीलाई अगाडि बढाउने प्रस्ट विचार पनि देखिन्छ । उहाँसँग घटना र विचारका लागि ऋषि…