नवरात्रीको पाँचौ दिन आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात् कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।। स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा…