सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि समिति

आगामी चैत ११ गतेदेखि शुरु हुने सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि काठमाडौँ महानगरपालिकाले मंगलबार एक हजार १३८ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । कामपाले मंगलबार आयोजना गरेको कार्यक्रममा समिति गुरुजु (पुजारी) नीलकाजी शाक्यको संयोजकत्वमा स्थानीय सरोकारवाला सदस्य रहने गरी गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुखसहित गुठी संस्थान, विद्युत् प्राधिकरण, स्काउट, रेडक्रस…