विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावास परिसरमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा आइतबार एक विशेष कार्यक्रम आयोजना गरियो । वैश्विक स्तरमा हिन्दीको प्रचारप्रसारको उद्देश्यले आयोजित समारोह दूतावासका नियोग उपप्रमुख श्रीमती नमग्या खम्पाको प्रमुख आतिथ्यमा विविध कार्यक्रमसहित सम्पन्न भएको थियो । त्रिविवि हिन्दी केन्द्रीय विभागको संयुक्त आयोजनामा भएको कार्यक्रमको आरम्भमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक…