मच्छिन्द्रनाथ दर्शन गर्न भक्तजनको भीड

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ । बुधबार साँझ ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएसँगै दर्शनार्थी बढेका हुन् । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले दिनुभएको शुभ साइतअनुसार मच्छिन्द्रनाथलाई पाटन तःबहाल ल्याइएको पुजारी मदन शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुधबार दिउँसो सवा ४ बजे मच्छिन्द्रनाथलाई बुङ्मतीबाट गुरुज्यूको…