डा. राणाको ‘दिल की आवाज’ सार्वजनिक

चिकित्सा क्षेत्रमा लामो समय सक्रिय रहेका डा. कृष्णजङ राणाको सक्रियता अहिले कविता गीत गजलतर्फ रहेको छ । यिनै गजलकार डा. राणाको नवीनतम १९औं कृति ‘दिल की आवाज’ (हिन्दी गजल संग्रह)को शुक्रबार एक समारोहका बीच विमोचन गरिएको छ । उर्दु एकेडेमी नेपालको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवम साहित्यकार लोकेन्द्रबहादुर चन्दले पुस्तकको लोकार्पण गरे ।…