अङ्ग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ । ‘नेवार भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलङ्कारिक धागोलाई सचिका भनिन्छ । म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा…