कुमारी इन्द्रजात्रा पर्वको अवसरमा यस्तो छ राष्ट्रपतिको सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदायलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले…