महेश्वरको ‘मुन्द्री’ सार्वजनिक

अमेरिकामा बसेर पनि नेपाली गीत र गजलका क्षेत्रमा कलम चलाउँदै आएका लेखक महेश्वर पन्तको कथाकृति ‘मुन्द्री’ को दोस्रो संस्करणको हालै एक समारोहका बीच सार्वजनिक गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि समालोचक प्राडा कुमारप्रसाद कोइराला, वरिष्ठ साहित्यकार माया ठकुरी, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले उक्त पुस्तकको…