भुइँमान्छेहरूको जिन्दगी ..!

■ देवकी तिमल्सिना एकोहोरो झरिरहेछ वर्षात नपत्याउने गरी घरी–घरी डुबान र पहिरोमा पुरिएका छन् बस्ती कहिल्यै नभेटिने गरी हराएका छन् मानवहरू ! जिन्दगीका असीम आशाहरू टुक्रिएका छन् शिशासरी न किनार न छाल रोकिएको छ जमिनको धाँजाहरू फटाउँदै कुदेको छ एकतमासले नदी खै ! कुन नशामा मस्त छन् देश बनाउँछु भन्नेहरू र, फलाकिरहेका छन् बिनातयारीका योजना…