■ राजेन्द्रप्रसाद पाठक नेताज्यू हामीले तिमीलाई दलको प्रमुख बनायौँ हामीले नै निरंकुशता विरुद्ध आन्दोलन गऱ्यौँ महासामन्त र शासकलाई घुँडा समेत टेकायौँ तिमीलाई स्वर्ण सिंहासनमा विराजमान गरायौँ ! नेताज्यू हामीले जहाँनियाँतन्त्रको विरोध गऱ्यौँ जनताको शासन व्यावस्था आयो भन्ने ठान्यौँ तिमीले त आफूपछि आफ्नैलाई सत्ता सुम्पियौँ हामीलाई जयजयकार गर्ने महारैती पो बनायौ ! नेताज्यू यही हो त…