■ त्रिभुवनचन्द्र वाग्ले ललिता निवासअगाडि सडकमा उभिएको छु । निधारमा घाम परेको छ । मलाई निमन्त्रणा आएकामध्ये मिठो संयोजन रहेको दुई विद्वत् परिवार प्रा.डा. गोविन्द भट्टराईकी छोरी सेवा र प्रा.डा. अभि सुवेदीका छोरा गिरिशबीचको शुभविवाह महोत्सवमा सहभागी हुन एलिस पार्टी प्यालेस गौरीधारा जाँदैछु । अनायास खुट्टा रोकिए ललिता निवास छेऊ । जब मानिस भौतिक वा…