पाप इश्वरलाई लाग्छ- इन्द्रकुमार श्रेष्ठ

चोर पनि सज्जन कहलिएको छ डाँकु पनि इमानदार जनिएको छ ज्यानमारा त अझ महात्मा भनिएको छ कहिल्यै कसैले सजाय पाउँदैन ग्रहदशाको पालै आउँदैन चोरको ठूलोठूलो स्वर छ डाँकुलाई कसैको डर न भर छ ज्यानमारा खुकुरी उध्याइरहेछ सधैंभरि माथिको माथि निर्धा-निमुखालाई धर्धरी रुवाउँदा पनि सधैंभरि उनी नै जातीको जाती न त उसलाई कहिल्यै रोगै लाग्छ न…