नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको जनाएको छ । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर भनिने गरेकाले लिङ्गो नगर…