अब अर्को क्रान्ति गर्नुपर्छ- शिरीष रानाभाट

इतिहास बन्यो नयाँ तर सामन्तवादमै अल्झ्यो देश चिन्नै गाह्रो नेता धेरै, नक्कली मुकुण्डो छद्म भेष अनुहार यिनको नङ्ग्याउन अगाडि हामी र्सर्नुपर्छ साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ । कुर्चीका लागि झगडा हुन्छ जनहितको काम गर्दैनन् लोभी-पापीको जमात यो ढाँट्न-छल्न पछि पर्दैनन् झुटा आश्वासन र फोस्रा नारादेखि टाढा पर्नुपर्छ साथी अब मिलौँ आऊ, अर्को क्रान्ति…