लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज (२१ कात्तिक) ब्रतालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय-खाय’ सम्पन्न गरेका ब्रतालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (ब्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता…