जुम्लाको पुरानो संस्कृति : घोडादौड प्रतियोगिता

दिलमाया शाही, जुम्ला जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ । सोही गाउँका शंकर रोकाया दोस्रो र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भएका छन् । घोडादौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । हरेक वर्ष दशैँको फुलपातीको दिनमा घोडादौड प्रतियोगिता गरिन्थ्यो । यसअघि जुम्लाको विमानस्थलमा घोडादौड…