✍ श्यामसुन्दर शशि प्राचीन मिथिलाको राजधानी जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपले पञ्चदेवोपासकहरूको भूमि हो । शास्त्रमा ब्रह्मा, विष्णु, महेश, गणेश र सूर्यलाई पञ्चदेव भनिएको छ तर मिथिलाञ्चलमा ब्रह्मालाई नभई भगवतीको पूजा गर्ने चलन छ । अतः विष्णु, महेश, गणेश, सूर्य र भगवती मिथिलाञ्चलका पञ्चदेवता हुन् । यहाँ एउटै व्यक्ति शिवपूजकका रुपमा निधारमा…