रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो

नारद कोहार, तौलिहवा कपिलवस्तुको ऐतिहासिक रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन मंगलबार वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न सोमबार रातिदेखि नै हजारौँ भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले टाढा टाढाबाट तीर्थालु एक दिनअघि नै आएर बस्ने गरेका हुन् । रामघाटमा भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ, अलीगढवा, नौगढ…